काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतले सुनुवाइका लागि मंगलबार नयाँ पेसी तोकेको छ ।
यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले ‘हेर्न मिल्ने’ इजलासमा पेसी तोक्न आदेश दिएको थियो । सोही आदेशअनुसार सोमबारको लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
सो इजलासले पनि ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ स्थगित गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।

