२०८३, आश्विन २१ गते

images

प्रभु बैंकका ग्राहकलाई केबलकार र रिसोर्टमा छुट

प्रभु बैंकका ग्राहकलाई केबलकार र रिसोर्टमा छुट

सोमवार, जेठ ५ २०८२०२:५९
सोमवार, जेठ ५ २०८२०२:५९
  • images

    काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच एक विशेष समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । यो समझदारीअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अब इला होटल्स र मौलाकाली केबलकारका सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

    ललितपुरमा आयोजित कार्यक्रममा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

    सम्झौता बमोजिम, बैंकका ग्राहक तथा कर्मचारीहरूलाई खानपान सेवामा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत छुट र आवास सेवामा १० प्रतिशत छुटका साथै केबलकार यात्रा निःशुल्क उपलब्ध हुनेछ ।

    प्रभु बैंकका ग्राहकलाई उच्चस्तरीय जीवनशैली अनुभव गराउने उद्देश्यले गरिएको यो सहकार्यले बैंक र आतिथ्य क्षेत्रबीच औपचारिक सहकार्यको नयाँ चरण सुरु गरेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend