२०८३, आश्विन २१ गते

images

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

सोमवार, जेठ ५ २०८२०३:३३
सोमवार, जेठ ५ २०८२०३:३३
  • images

    काठमाडौं । सेयर बजारमा वृद्धि भएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक २२.९९ अंकले बढेको हो । यो सँगै नेप्से २६३२ बिन्दुमा उक्लिएको छ । यसदिन बजार बढेपनि कारोबार रकम भने घट्यो । आज ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भयो । कारोबार अवधिभर ३२४ कम्पनीको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर किनबेच भयो ।

    १८५ कम्पनीको सेयरमूल्य बढेको बढेको छ भने ६० कम्पनीको घटेको छ । २ कम्पनीको मूल्य भने स्थिर छ । होटल एण्ड पर्यटन बाहेक अन्य सबै सूचकमा हरियाली छाएको छ ।

    यसदिन सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ओम मोघा श्री, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, तेह्रथुम पावर, ग्रिन डेभलपमेन्ट बैंक, एनएलजी इन्स्योरेन्स, कुथेली बुखरी, मन्दाकिनी हाईड्रोपावर, सुपर माईको सेयर मूल्य वृद्धि भएको छ।

    विन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यसैगरी, चन्द्रागिरी हिल्स, क्रेष्ट माइक्रो लाइफ विन्ध्यवासिनी हाइड्रोपावर लगायत कम्पनीको मूल्य पनि अत्यधिक घटेको छ । आज राधी विद्युत कम्पनीको सर्वाधिक ५९ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

    नेपाल रिइन्स्योरेन्सको ५१ करोड ७ लाख रुपैयाँ, हिमालय रिको ४१ करोड ७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २७ करोड ३९ लाख र युनिभर्सल पावरको २४ करोड ९३ लाख रुपैयाँबढीको सेयर कारोबार भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend