२०८३, आश्विन २१ गते

images

अल्फा मोटिभ प्रालिसहित ६ उद्योगलाई ४ लाख ५५ हजार जरिवाना

अल्फा मोटिभ प्रालिसहित ६ उद्योगलाई ४ लाख ५५ हजार जरिवाना

सोमवार, जेठ ५ २०८२१०:०२
सोमवार, जेठ ५ २०८२१०:०२
  • images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ६ उद्योग तथा फर्मलाई ४ लाख ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले सोमबार १५ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–११ स्थित अल्फा मोटिभ प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

    अल्फाले मोटिभले अटो पार्ट्समा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ ।

    यस्तै विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–११ कै वाटभोल्ट हाउस प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ । उक्त इलेक्ट्रोनिक हाउसले पनि रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराएको हो ।

    त्यस्तै काठमाडौं महानगरपालिका–१२ को अर्पण ट्रेडिङ प्रालिलाई अनुगमनमा सहयोग नगरेको भन्दै २० हजार रुपैयाँ, ललितपुर महानगरपालिका–९ को पाटन खाद्य भण्डार, काठमाडौं महानगरपालिका–४ को स्मार्ट स्टोर र काठमाडौं महानगरपालिका–११ को इन्टरनेसनल मेसिनरी एन्ड इलेक्ट्रिक सेन्टरलाई खरिद बिलबिजक नराखेको भन्दै समान १०–१० हजार रुपैयाँ जरिबाना तिराएको विभागले जानकारी दिएको छ ।

    यसैगरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका–८ को काठमाडौं युरो स्कुलमा पनि अनुगमन गरेको छ । उक्त स्कुललाई विभागले व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend