२०८३, आश्विन २१ गते

images

पशुपति बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार, यस्तो छ पूर्णपाठ

पशुपति बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार, यस्तो छ पूर्णपाठ

सोमवार, जेठ ५ २०८२१०:४४
सोमवार, जेठ ५ २०८२१०:४४
  • images

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गा भाडामा दिँदा ४६ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले काठमाडौँ–४ का अध्यक्ष निर्मल कुइँकेलसहित ९ जनालाई दोषी ठहर गरेको छ ।

    २०८१ माघ ३० गते भएको फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो । विशेषले २०७३ सालमा दुई जनालाई दोषी ठहर गर्दै अन्यलाई प्रमाण नपुगेको भनी  सफाइ दिएको थियो । विशेषको उक्त फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेकोमा सर्वोच्चले विशेषको फैसला उल्टाइदिएको थियो ।

    पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव हुँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्कामा निर्णय गरेका कुइँकेललाई सर्वोच्चले ६ वर्ष कैद सजाय तोकेको छ । यस्तै ८३ लाख ४१ हजार ६६६ रूपैयाँ जरिवाना तोकिएको छ ।

    तत्कालीन सदस्य  सुशील नहाटालाई ६ वर्ष कैद र बिगोबापतको ९१ लाख ६३ हजार रूपैयाँ कायम गरिएको छ । काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय विकास अधिकारी गोपाल पराजुलीलाई ६ वर्ष कैद  र १ करोड २२ लाख रूपैयाँ जरिवाना निर्धारण गरिएको छ ।

    यसैगरी तत्कालीन स्थानीय विकास अधिकारीहरु महेन्द्रलाल श्रेष्ठलाई ४ वर्ष कैद र प्रेमराज जोशीलाई ६ महिना कैद तोकिएकोमा उनीहरुविरुद्ध क्रमशः ७८ लाख ५३ हजार रुपैयाँ र २ लाख ३७ हजार रुपैयाँ जरिवाना कायम गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend