२०८३, आश्विन २२ गते

images

शिक्षकका मागप्रति इमानदार भएन सरकार, महासंघले भन्योः जुनसुकै बेला आन्दोलन हुनसक्छ तयारी रहनू

शिक्षकका मागप्रति इमानदार भएन सरकार, महासंघले भन्योः जुनसुकै बेला आन्दोलन हुनसक्छ तयारी रहनू

सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२११:३३
सीएनएन खबर
मंगलवार, जेठ ६ २०८२११:३३
  • images

    काठमाडौँ ।  नेपाल शिक्षक महासङ्घले राज्य शिक्षकका मागप्रति इमानदार नदेखिएको आरोप लगाएको छ । आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले आफूहरू पूर्ण इमानदारी र जिम्मेवारीका साथ प्रस्तुत भइरहँदा समेत राज्य पक्षमा हुनुपर्ने काममा आवश्यक इमानदारी र जिम्मेवारी बोध भएको नदेखिएको बताएको हो । 

    नेपाल शिक्षक महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए झन् ठूलो आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ ।

    महासंघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार हुन आवश्यक छ । यस कार्यमा अन्यथा भए नेपाली शिक्षक–कर्मचारी २०८१र०८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन् भन्ने कुरा नबिर्सिन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’

    शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले गत चैतमा काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो । वैशाख १७ गते ‍सरकारसँग नौ बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको थियो ।

    तर शिक्षक महासंघसँग भएका सहमति शिक्षा विधेयकको प्रतिवेदनमा नसमेटिने संकेत पाएपछि महासंघले कडा आन्दोलनको चेतावनी दिएको हो । 

    आइतबार प्रतिनिधिसभाको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेको थियो । तरप्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको महासंघको ठहर छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend