२०८३, आश्विन २१ गते

images

गभर्नरको चर्चासँगै ५३ अंकले बढ्यो सेयर बजार

गभर्नरको चर्चासँगै ५३ अंकले बढ्यो सेयर बजार

मंगलवार, जेठ ६ २०८२०३:४०
मंगलवार, जेठ ६ २०८२०३:४०
  • images

    काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ अंकले बढेर २६८१ विन्दुमा पुगेको छ । आज २२९ कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको नेप्सेले जनाएको छ ।

    मंगलबार ३१० कम्पनीको मूल्य बढ्दा १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    साथै, न्यादी गुप्रको ३६ करोड, युनिभर्सल पावर कम्पनीको ३१ करोड, सानिमा माइ हाइड्रोको ३० करोड र सोल्टी होटल लिमिटेडको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    आज ४ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेयाश्री फर्मा र राप्ती हाइड्रोको सेयर मूल्य सकारात्मक रहेका छन् ।


    साथै, मंगलबार सबै सूचकमा हरियाली छाएको छ ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend