काठमाडौं । प्रा.डा.विश्व पौडेल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बन्ने भएका छन् । सिफारिस समितिको बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति भएपछि सिफारिस समितिको बैठक बोलाइएको थियो ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्ने छ

