२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एआईजीमा शाह सिफारिस, ११ एसएसपीलाई डीआईजीमा...

एआईजीमा शाह सिफारिस, ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

एआईजीमा शाह सिफारिस, ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

मंगलवार, जेठ ६ २०८२१०:४२
मंगलवार, जेठ ६ २०८२१०:४२
  • images

    काठमाडौं । नेपाल प्रहरीको एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा डीआईजी (प्रहरी नायब महानिरीक्षक) सिद्धिविक्रम शाहको नाम सिफारिस गरिएको छ । 

    मंगलबार बसेको बढुवा समितिको बैठकबाट शाहको नाम सिफारिस गरिएको हो ।

    यस्तै नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत छन् । त्यस्तै, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि बढुवा सिफारिसमा परेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend