२०८३, आश्विन २१ गते

images

नवनियुक्त गभर्नर पौडेलले गरे पदबहाली, के गरे पहिलो निर्णय ?

नवनियुक्त गभर्नर पौडेलले गरे पदबहाली, के गरे पहिलो निर्णय ?

बुधवार, जेठ ७ २०८२१२:२१
बुधवार, जेठ ७ २०८२१२:२१
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदबहाली गरेका छन् ।

    बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेपछि पौडेल पदभार ग्रहणका लागि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए । उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका छन् ।

    कार्यालय पुगेका उनले पदबहाली गरेका हुन्। डा पौडेलले नोट छपाइका लागि नोटको डिजाइन सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । उनले पचास र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे ।

    पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend