२०८३, आश्विन २१ गते

images

गभर्नर नियुक्तिको पहिलो दिन नै घट्यो सेयर बजार

गभर्नर नियुक्तिको पहिलो दिन नै घट्यो सेयर बजार

बुधवार, जेठ ७ २०८२०३:३४
बुधवार, जेठ ७ २०८२०३:३४
  • images

    काठमाडौं । सेयर बजार घटेर बन्द भएको छ । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै बजार खुल्ने बित्तिकै ९० अंक माथि बृद्धि भएको बजार अन्तिममा घटेर बन्द भएको हो । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ९४ अंकले घटेर २,६६९ को विन्दुमा कायम भएको छ । आज ९३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ६९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङनदी ग्रुप पावरको ५७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ५ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव २७ प्रतिशतका दरले गुमाएका छन् । हिजो पनि यस कम्पनीका लगानकिर्ताले सर्वाधिक गुमाएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend