२०८३, आश्विन २१ गते

images

दुई दिनमा ६ हजार ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दुई दिनमा ६ हजार ७ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार, जेठ ८ २०८२१०:४३
बिहिवार, जेठ ८ २०८२१०:४३
  • images

    काठमाडौँ । बुधबार र बिहीबार दुई दिनमा सुनको मूल्य झन्डै ७ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको हो । 

    बुधबार तोलामा ५ हजार रुपैयाँ बढेको सुनको भाउ बिहीबार बढेसँगै दुइ दिनमा सुनकाे मूल्य प्रतिताेला ६ हजार ७ सय रुपैयाँले बढेकाे हाे । आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कायम भएको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी २  हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार  चाँदी एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६४ हजार १८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय ३६ रुपैयाँ  कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend