२०८३, आश्विन २१ गते

images
  • समाचार
  • लेखा समितिका सभापतिले युटुवमा भ्युजका लागि...

लेखा समितिका सभापतिले युटुवमा भ्युजका लागि बोल्ने गरेको भनेपछि झोक्कीए मोदी

लेखा समितिका सभापतिले युटुवमा भ्युजका लागि बोल्ने गरेको भनेपछि झोक्कीए मोदी

बिहिवार, जेठ ८ २०८२०२:२९
बिहिवार, जेठ ८ २०८२०२:२९
  • images

    काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको बैठकमा माओवादी सांसद मोदीले आफूहरूलाई बोल्नका लागि सभापतिले रोक्ने गरेको आरोप लगाएपछि भनाभन भएको हो ।

    सांसद मोदीले संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापतिले रोक्नु दुर्भाग्य भएको बताए । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनको आरोप छ । 

    सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाएका थिए । 

    त्यस्तै, सभापति पोखरेलले हरेकपटक लेखा समिति बैठकलाई अमर्यादित बनाउने काम गरेको भनेपछि मोदीले आफूलाई समिति सभापतिले नभई पार्टीले पठाएको जवाफ दिएका थिए ।

    भनाभनका क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युबबाट विज्ञापन गर्नका लागि स्टन्ट गरेको जिकिर गरेका थिए । 

    यसैबीच, सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न गठित विभिन्न उपसमितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरी छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend