२०८३, आश्विन २१ गते

images

सेयर बजार दोहोरो अंकले बढ्यो: ९ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार

सेयर बजार दोहोरो अंकले बढ्यो: ९ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार

बिहिवार, जेठ ८ २०८२०३:२५
बिहिवार, जेठ ८ २०८२०३:२५
  • images

    काठमाडौं ।  बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढेर २६८८ बिन्दुमा पुगेको छ । आज १०४ कम्पनीको मूल्य बढ्दा १४२ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

    बिहीबार बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । ३१४ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी गुप्रको भएको छ । न्यादीको ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    साथै, राधी जलविद्युत कम्पनीको ६० करोड, कुमारी बैंकको ४२ करोड, युनिभर्सल पावरको ४० करोड र माउन्टेन इनर्जीको ३४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

    आज ओम मेयाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend