२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • नवनियुक्त गभर्नर पौडेलले फेरे डेपुटी गभर्नरको...

नवनियुक्त गभर्नर पौडेलले फेरे डेपुटी गभर्नरको जिम्मेवारी, कसले कहाँ पाए ?

नवनियुक्त गभर्नर पौडेलले फेरे डेपुटी गभर्नरको जिम्मेवारी, कसले कहाँ पाए ?

शुक्रवार, जेठ ९ २०८२१०:३२
शुक्रवार, जेठ ९ २०८२१०:३२
  • images

    काठमाडौँ । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको जिम्मेवारी सामान्य हेरफेर गरेका छन् । यसअघि कामु गभर्नर हुँदा डा निलम ढुगांना तिमिल्सिनाले फेरेको जिम्मेवारी गभर्नरले फेरेका हुन् । 

    उनले दुवै डेपुटी गभर्नरहरुलाई आधा–आधाजस्तो विभाग जिम्मा लगाएका छन् । डा. निलम ढुङ्गाना तिमिल्सिना कामु गभर्नर हुँदा उनले आफूसँग गभर्नरको कार्यालय, आन्तरिक लेखापरीक्षण, वित्तीय जानकारी इकाइ र कानुन महाशाखा राखेकी थिइन् । बाँकी सबै विभाग र महाशाखाहरु अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको भागमा थियो ।

    नवनियुक्त गभर्नर पौडेलले अघिल्ला गभर्नर महाप्रसाद अधिकारीका पालामा दिइएका विभागहरु नै अहिलेका डेपुटी गभर्नरहरुलाई दिएका छन् । डा. ढुङ्गाना कामु हुँदा सबै विभाग मिश्रले पाएका थिए । डेढ महिनापछि मिश्रबाट पुनः आधा विभाग डा. ढुङ्गानाको भागमा सरेको छ ।

    ढुङ्गानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, प्रदेशस्थित कार्यालयहरु, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पति तथा सेवा व्यवस्थापन विभाग र सुचना प्रविधि विभाग फिर्ता पाएकी छिन् ।

    मिश्रको भागमा आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, बैंकिङ विभाग, भुक्तानी प्रणाली विभाग, मानव संशाधन विभाग र वित्त व्यवस्थापन विभाग छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend