२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सकियो रवि छविको बहस,आजै आउला आदेश...

सकियो रवि छविको बहस,आजै आउला आदेश ?

सकियो रवि छविको बहस,आजै आउला आदेश ?

शुक्रवार, जेठ ९ २०८२०२:१४
शुक्रवार, जेठ ९ २०८२०२:१४
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गरिएको निवेदनमा बहस सकिएको छ। सुरुमा निवेदकका कानुन व्यवसायीले बहस गरेपछि रवि र छविका वकिलले जवाफी बहस गरेका हुन्। 

    न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले तीन दिनको सुनुवाइपछि आजै आदेश सुनाउने तयारी गरेको छ।

    मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर नसकिएपछि हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो। 

    मंगलबार रविका कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरुको बहस बिहीबार पनि भएको थियो। बिहीबार रविका तर्फबाट बहस सकिएपछि छविका वकिलले बहस गरेका थिए।

    छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बिहीबार नै बहस सकेका थिए। जाहेरवालाको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका थिए। त्यसपछि रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले जवाफी बहस गरेका हुन्। 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend