२०८३, आश्विन २२ गते

images

नागढुंगा-नौबिसे सडक आंशिक बन्द

नागढुंगा-नौबिसे सडक आंशिक बन्द

शनिवार, जेठ १० २०८२०२:०१
शनिवार, जेठ १० २०८२०२:०१
  • images

    काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने भएको छ। नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले नागढुंगा-नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गते शनिबारदेखि जेठ २५ गतेसम्म बन्द रहने जनाएको छ । यो सडक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द रहने छ ।

    उक्त समयमा काठमाण्डुबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाण्डुतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन्।


    यस अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ।

    दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने उक्त समयमा पनि निर्वाध सञ्चालन गर्न दिइने सडक योजनाले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend