२०८३, आश्विन २१ गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

आइतवार, जेठ ११ २०८२१०:२७
आइतवार, जेठ ११ २०८२१०:२७
  • images

    काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्ने बताएको छ।

    राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी आगामी १ असारमा हुनेछ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend