२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मनकामना दर्शन गर्न गएका भारतीय पर्यटकको...

मनकामना दर्शन गर्न गएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

मनकामना दर्शन गर्न गएका भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु

आइतवार, जेठ ११ २०८२१२:३२
आइतवार, जेठ ११ २०८२१२:३२
  • images

    काठमाडौँ । मनकामना दर्शन गर्न जाँदै गरेका भारतीय नागरिकको शौचालयमा लडेर मृत्यु भएको छ।

    आइतबार बिहान साढे ८ बजेतिर मनकामना दर्शन गर्न जाँदै गरेका भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्ट केवलकारको शौचालयभित्र लडेका थिए।

    अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिङ प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।

    शव पोष्टमर्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend