काठमाडौं । बाराको प्रसौनी गाउँपालिका ६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष कुशवाहालाई आइतबार वडा कार्यालयबाटै नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय प्रसौनीले जानकारी दिएको छ।
प्रहरीका अनुसार कुशवाहाविरुद्ध कुटपिट, चेक अनादर र आपराधिक लाभ गरी ३ वटा कसूरमा बारा जिल्ला अदालतबाट सजायको फैसला भएको थियो। अदालतको फैसला कार्यान्वयनका लागि वडाध्यक्ष कुशवाहालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

