काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलविरुद्धको रिट निवेदन सुनुवाइ गर्न आज जेठ १४ गते बुधबारका लागि पेसी तोकिएको छ।
नियुक्तिको दोस्रो दिन नै सर्वोच्च लगिएको रिट निवेदन सर्वोच्च अदालतले मंगलबार मात्र दर्ता गरेको हो।
गभर्नर नियुक्ति बदरको माग गर्दै पेस भएको रिट निवेदन पाँच दिनको अध्ययन र छलफलपछि मंगलबार मात्रै दर्ता भएको हो।
उक्त निवेदन सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।

