२०८३, आश्विन २१ गते

images
  • समाचार
  • भिजिट भिसा प्रकरणः अमेरिकाले रद्द गर्‍यो...

भिजिट भिसा प्रकरणः अमेरिकाले रद्द गर्‍यो भट्टराई दम्पत्तिको भिसा

भिजिट भिसा प्रकरणः अमेरिकाले रद्द गर्‍यो भट्टराई दम्पत्तिको भिसा

बुधवार, जेठ १४ २०८२०७:१०
बुधवार, जेठ १४ २०८२०७:१०
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा जाने नेपाली यात्रुसँग रकम असुलेको आरोपमा अनुसन्धानमा तानिएपछि अमेरिकाले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई दम्पतिको भिसा रद्द गरेको छ । 

    अमेरिकाले भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) का नाममा जारी पाँच वर्षको ‘मल्टिपल इन्ट्री’ भिसा ९प्रवेश अनुमति० रद्द गरेको हो ।

    भिजिट भिसा तस्करी प्रकरणमा विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकाले भट्टराई दम्पतीका नाममा जारी भिसा रद्द गरेको हो । स्रोतका अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित उच्च पदस्थ पदाधिकारी तथा कर्मचारीहरू नै संलग्न रहेको खुलेपछि अमेरिकाले गम्भीर चासो देखाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend