२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • ओली देउवा भेटको निष्कर्ष– गृहमन्त्रीले राजीनामा...

ओली देउवा भेटको निष्कर्ष– गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसदमा जवाफ दिने

ओली देउवा भेटको निष्कर्ष– गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसदमा जवाफ दिने

सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:०५
सीएनएन खबर
बुधवार, जेठ १४ २०८२१२:०५
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच भएको भेटवार्ताले गृहमन्त्री रमेश लेखक निर्दाेश रहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान सत्तासाझेदर दलका प्रमुखबीच भएको भेटवार्ताले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दाेश रहेको निष्कर्ष निकालेको हो । 

    उक्त भेटले सत्तापक्षका शीर्ष नेताहरूले संसदमा उठेका प्रश्नका विषयमा गृहमन्त्रीलाई प्रस्ट पार्न दिन विपक्षी दलहरूसँग आग्रह गरेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच केहीबेरअघि भएको छलफलमा गृहमन्त्री रमेश लेखक पनि थिए। 

    बैठकमा संसद बैठक सञ्चालन र विपक्षीका मागका विषयमा छलफल भएको थियो।

    हिजो विपक्षीको मागअनुसार संसद स्थगित भएको र आज विपक्षीले सदन चलाउन सहयोग गर्नुपर्ने निष्कर्षसहित छलफल सकिएको बताईएको छ । 

    संसद बैठक अघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा, सँगसँगै लेखक पनि संसद बैठक अघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा, सँगसँगै लेखक पनि

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend