२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संसद बैठक अघि प्रधानमन्त्री भेट्न बालुवाटार...

संसद बैठक अघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा, सँगसँगै लेखक पनि

संसद बैठक अघि प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा, सँगसँगै लेखक पनि

बुधवार, जेठ १४ २०८२१०:३८
बुधवार, जेठ १४ २०८२१०:३८
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न बालुवाटार पुगेका छन् । 

    गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि अहिले नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेको हो । 

    अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् ।

    भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन् ।

    मंगलबार विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए ।

    भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ । आज ११ बजेका लागि बैठक बोलाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend