२०८३, आश्विन २१ गते

images

सेयर बजार दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

बुधवार, जेठ १४ २०८२०३:३५
बुधवार, जेठ १४ २०८२०३:३५
  • images

    काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १७ दशमलव ४४ अङ्कले बढेर २६९३ दशमलव ०६ को विन्दुमा पुगेको छ ।

    बुधबार ३२३ कम्पनीका ७७ हजार ३१६ पटकको कारोबारमा २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ रुपैयाँ रहेको छ ।

    १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा घटेको छ भने बाँकीमा हरियाली छाएको छ । आज नगदी ग्रुपमा लगानीकर्ता झुम्मिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend