२०८३, आश्विन २२ गते

images

एमाले र राजावादीको आन्दोलन आज, कहाँ कतिबेला हुँदैछ ?

एमाले र राजावादीको आन्दोलन आज, कहाँ कतिबेला हुँदैछ ?

बिहिवार, जेठ १५ २०८२०७:२३
बिहिवार, जेठ १५ २०८२०७:२३
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारूढ एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । 

    पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो । 

    एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ । त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।

    नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले बिहीबारदेखि प्रदर्शन घोषणा गरेको हो । प्रदर्शनका लागि राप्रपाले प्रशासन कार्यालयलाई पत्र नपठाए पनि १२ बजे शान्ति वाटिकामा भेल हुन समर्थकलाई अनुरोध गरेको छ ।

    एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित बिहीबारदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन् । 

    राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । 
    राजावादी समूहले देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शन निरन्तर चल्ने जनाएको छ । 

    काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी सबै तरिकाले सुरक्षा व्यवस्था कडा बनाएको बताउँछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend