काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला एक हजार १ हजार ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य एक लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य एक लाख ६१ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ७ सय १० रुपैयाँ ५० पैसा कायम भएको छ ।

