काठमाडौँ । सरकारले कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सार्वजनिक गर्दै मलको अनुदानका लागि उक्त रकम छुटटाईएको बताएका हुन् ।
तरकारी, फलफूल दुध र मासुमा आत्मनिर्भरको घोषणा उनले बजेट मार्फत गरेका छन् । सिचाँइ, मल तथा विउ उपलब्ध गराउनका लागि ३ अर्ब ५० करोड रकम विनियोजन गरिएको छ । चैते धान खेती विस्तारका लागि सिचाँई पूर्वाधार निर्माण गर्न ३३ करोड, लुम्बिनी तथा सुदुरपश्चिम प्रणालीका उच्च जिल्लामा खेती विस्तारका लागि ८३ करोड, रासायनिक मल खरिदका लागि अनुदान रकम २८ अर्ब ८२ करोड रकम विनियोजन गरिएको छ ।
यस्तै, प्राङगारीक कृषि प्रयोजनका लागि ४० करोड, पुुष्पलाल मध्यपहाडी र मदनभण्डारी राजमार्ग आशपासका जग्गामा खेतीका लागि रकम विनियोजन, बाली लगाउने १५ दिन अगाडी समर्थन मूल्य घोषणा गरिनेछ ।

