२०८३, आश्विन २१ गते

images

नयाँ उद्योगलाई ३ वर्षसम्म भाडा छुट, युवालाई ३ प्रतिशत ब्याजदरमै स्टार्टअप कर्जा

नयाँ उद्योगलाई ३ वर्षसम्म भाडा छुट, युवालाई ३ प्रतिशत ब्याजदरमै स्टार्टअप कर्जा

बिहिवार, जेठ १५ २०८२०३:५७
बिहिवार, जेठ १५ २०८२०३:५७
  • images

    काठमाडौँ । सरकारले नयाँ उद्योगीलाई सुरुका ३ वर्ष भाडा छुट दिने भएको छ ।

    बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गराउने समेत जानकारी दिए ।

    ‘उद्यो व्यवसाय दर्ताका लागि प्रविधियुक्त बनाइने छ, नयाँ उद्योगलाई सुरुका ३ वर्षका भाडा छुट दिइने छ,’ बजेट बाचन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गरिने छ ।’

    त्यस्तै सरकारले स्टार्टपमा युवाको संख्या बढाउन ३ प्रतिशत ब्याज उपलब्ध गराउन ७३ करोड रुपैयाँ विनियोजन समेत गरेको छ ।

    ‘काम खोज्ने होइन, काम दिने युवाको संख्या बढाउन स्टार्टप बनाउन सहजीकरण गरिनेछ,’ बजेटमा भनिएको छ, ‘स्टार्टप उद्यमीलाई सहुलियत कर्जा अनुसार ३ प्रतिशत ब्याज उपलब्ध गराउन ७३ करोड विनियोजन गरेको छु ।’ 

    त्यस्तै सरकारले औद्योगिक क्षेत्र निर्माणका लागि १ अर्ब ५० करोड विनियोजन गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend