२०८३, आश्विन २२ गते

images

चारवटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

चारवटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

शुक्रवार, जेठ १६ २०८२०८:२२
शुक्रवार, जेठ १६ २०८२०८:२२
  • images

    काठमाडौँ । संघीय संसद्अन्तर्गत शुक्रबार चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

    शुक्रबार पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो ।

    आज पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने कार्यसूची रहेको छ ।

    यसैगरी, विधायन व्यवस्थापन समितिको ७१ औँ बैठक पनि आज सिंहदरवारमा बस्दैछ । बैठक दिनको १ बजे बस्न लागेको हो । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल गरिनेछ ।

    आज सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाहरुमा छलफल गरिनेछ ।

    यसैगरी, आज संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा अनुगमन कार्यक्रमका सम्बन्धमा छलफल गरिनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend