२०८३, आश्विन २२ गते

images
  • समाचार
  • नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र...

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

शुक्रवार, जेठ १६ २०८२११:२१
शुक्रवार, जेठ १६ २०८२११:२१
  • images

    काठमाडौँ । चितवनको नारायणी नदीमा फसेका २२ जना मजदुरको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ। भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीमा गिट्टी–बालुवा संकलनका लागि निर्माण गरिएको अस्थायी बाँध फुटेपछि उनीहरू बिहीबार बेलुका नदीको बीच भागमा फसेका थिए।

    घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको टोलीले गोताखोरको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। टोलीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोले गरेका थिए।सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार कार्य बोटमार्फत सम्पन्न गरिएको हो। “उनीहरू सबै सकुशल छन्,” थापाले बताए।

    घटनामा कुनै मानवीय क्षति नभए पनि एकवटा टिपर भने नारायणी नदीमै डुबेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend