२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • बजेटले छोएन निजी क्षेत्रका उर्जा उत्पादकलाई,...

बजेटले छोएन निजी क्षेत्रका उर्जा उत्पादकलाई, टेक एण्ड पे को व्यवस्थाले लगानी डुब्ने चिन्ता

बजेटले छोएन निजी क्षेत्रका उर्जा उत्पादकलाई, टेक एण्ड पे को व्यवस्थाले लगानी डुब्ने चिन्ता

शुक्रवार, जेठ १६ २०८२१२:३४
शुक्रवार, जेठ १६ २०८२१२:३४
  • images

    काठमाडौँ । निजी क्षेत्रका अन्य व्यवसायीले बजेटको स्वागत गर्दै प्रशंसा गर्दै गर्दा उर्जा उत्पादकहरु भने रुष्ट देखिएका छन् । 

    बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा ऊर्जा क्षेत्रमा अपेक्षित उत्साह जगाउन नसकेको उर्जा उत्पादकहरुले गुनासो गरेका हुन् । 

    विशेषगरी ‘रन अफ रिभर’ (आरओआर) जलविद्युत् आयोजनाका लागि ‘टेक एन्ड पे’ मोडलमा विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने सरकारी नीतिले जलविद्युत् विकासलाई ठप्प पार्ने भन्दै निजी क्षेत्रका लगानीकर्ताले चिन्ता व्यक्त हुन् ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खडिवडाको आगामी आर्थिक वर्षको बजेटले ऊर्जा क्षेत्रमा अपेक्षित उत्साह जगाउन नसकेको गुनासो गरे । आरओआर जलविद्युत् आयोजनाका लागि ‘टेक एन्ड पे’ मोडलमा पीपीए गर्ने सरकारी नीतिले जलविद्युत् विकासलाई ठप्प पार्ने उनको चिन्ता छ ।

    ऊर्जा विज्ञ सूर्य अधिकारीले ऊर्जा क्षेत्रको बजेटमार्फत सरकारले लिएको लक्ष्य पूरा हुन नसक्ने दाबी गर्छन् । उनले जलाशययुक्त परियोजनाको पीपीए नहुने र लगानीकर्ताको लगानी डुब्ने स्थिति देखा परेको बताए ।

    ‘बजेटमा ऊर्जा क्षेत्रको लागि त्यस्तो केही तयारी देखिएन । आरओआर प्रकृतिका प्रोजेक्ट पीपीए नहुने भयो । टेक एण्ड पेमा पीपीएको व्यवस्थाले त्यति उत्साह देखिएन्,’ उनले भने ।

    के हो ‘टेक एन्ड पे’ नीति

    ‘टेक एन्ड पे’ को अर्थ विद्युत् खरिदकर्ता अर्थात नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली जति मात्रामा उपयोग गर्छ, सोही मात्राको मात्र भुक्तानी गर्छ ।  यसको विपरीत पहिलेको ‘टेक अर पे’ नीतिमा प्राधिकरणले पीपीए गरिरहेको थियो । 

    बिजुली उत्पादन भए खपत गरे पनि वा नगरे पनि, भुक्तानी गर्नुपर्ने प्रावधान प्राधिकरणको थियो। तर, आगामी बजेटमा भाषाणमा नयाँ नीतिले उत्पादकको आम्दानीमा अनिश्चितता ल्याउने हुँदा लगानीकर्ता निरुत्साहित भएका छन् ।

    गुणस्तरी विद्युत् सेवा उपलव्ध गराउन प्रसारण र वितरण प्रणाली सुधार गर्न छुट्टै बजेट विनियोजन गरेको सरकारले कतिपय पुराना र नियमित कार्यक्रमलाई निरन्तरता दिएको छ । ऊर्जा शुरक्षाका लागि विद्युत् उत्पादनमा विविधिकरण गर्ने कुरा बजेटमा उल्लेख छ ।

    त्यस्तै, सरकारले लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जाको विकास र औद्योगिक तथा घरेलु ग्राहकका लागि छुट्टाछुट्टै महसुल लाग्ने व्यवस्था बजेटमार्फत गरेको छ ।

    बजेटमार्फत सरकारले आन्तरिक ऊर्जा खपत बढाउने, दुइ वर्षभित्र ग्रामीण विद्युत्तीकरण गर्ने, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने, सौर्य र वायु ऊर्जा राष्ट्रिय प्रणालीमा जोडेमा जलाशययुक्त परियोजनासरह विद्युत् खरिद सम्झौता गर्ने लगायतका केही नयाँ र नवितम योजना बजेटमा समावेश गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend