२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • बजेटमा अर्थमन्त्रीः कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट...

बजेटमा अर्थमन्त्रीः कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजना सुरु हुन्छ

बजेटमा अर्थमन्त्रीः कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजना सुरु हुन्छ

शुक्रवार, जेठ १६ २०८२०२:००
शुक्रवार, जेठ १६ २०८२०२:००
  • images

    काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटले आर्थिक गतिविधि विस्तार हुने दाबी गरेका छन् ।

    बिहीबार बजेट सार्वजनि गरेका अर्थमन्त्री पौडेलले शुक्रबार पत्रकार सम्मलेन गर्दै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट प्राप्त हुने उपलब्धीमा निजी क्षेत्रको लगानी वृद्धि हुने बताए ।

    यस्तै रोजगारीका अवसर सिर्जना हुनुको साथै पूर्वाधार आयोजनाहरु निर्धारित समयमा नै सम्पन्न हुने उनको दाबी छ ।

    यसबाट ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विस्वास रहेको उनले बताए ।


    अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको लागि आयोजना बैंकको क्षमता बढाउने, साउन मसान्तभित्र दरबन्दीको पदपूर्ति गर्ने, नीतिगत सुधार र बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयले अग्रसरता लिने र अन्तरमन्त्रालय समन्वयलाई प्रभावकारी बनाउने गरी प्रबन्ध गरिएको बताए ।

    उनले बजेटले शीघ्र निर्णय र अन्तर मन्त्रालय समन्वय प्रभावकारी बनाउने विषयलाई महत्व दिएको बताए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend