२०८३, आश्विन २१ गते

images

अटोमोवाइल मैत्री बजेट आयोः नाडा

अटोमोवाइल मैत्री बजेट आयोः नाडा

शुक्रवार, जेठ १६ २०८२०५:३४
शुक्रवार, जेठ १६ २०८२०५:३४
  • images

    काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ । नाडाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारले लामो समयपछि अटोमोवाइल मैत्री बजेट ल्याएको भन्दै खुलेरै प्रशंसा गरेको छ । 

    ‘नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो । नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend