काठमाडौं । राप्रपा सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ परेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन् ।
सिंह गेटबाट भित्र पस्ने क्रममा नै पक्राउ परेको बताइएको छ। गेटमा रहेका प्रहरीमाथि दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले बताए।

