२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • राजावादी समूहले गरे सोमबार उपत्यका बन्दको...

राजावादी समूहले गरे सोमबार उपत्यका बन्दको घोषणा

राजावादी समूहले गरे सोमबार उपत्यका बन्दको घोषणा

आइतवार, जेठ १८ २०८२०८:११
आइतवार, जेठ १८ २०८२०८:११
  • images

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दिपक सिंह लगायत पक्राउ परेपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ ।

    नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष थापा,राप्रपा सांसद सिंह लगायतलाई प्रहरीले अमानवीय तवरले पक्राउ गरेको भन्दै सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको हो । 
     
    पक्राउ परेका थापा,सिंह लगायतलाई तत्काल रिहा गर्न समेत संयुक्त जनआन्दोलन समितिले सरकारसँग जोडदार माग गरेको छ ।

    राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष थापा सहितका नेता,कार्यकर्ता पक्राउ परेका थिए ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend