२०८३, आश्विन २१ गते

images
  • अटो
  • सकियो सरकार र यातायात व्यवसायीबीचको वार्ता,...

सकियो सरकार र यातायात व्यवसायीबीचको वार्ता, के भयो सहमति ?

सकियो सरकार र यातायात व्यवसायीबीचको वार्ता, के भयो सहमति ?

सोमवार, जेठ १९ २०८२१२:०२
सोमवार, जेठ १९ २०८२१२:०२
  • images

    काठमाडौँ । सोमबार बिहान गृहमन्त्रालयमा गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरुबीच भएको वार्ता सकिएको छ । 

    सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधनका लागि बिहान छलफल भएको थियो । उक्त छलफलमा यातायात व्यवसायीको माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरुबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको पाइएको छ । 

    बैठकबारे जानकारी गराउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले वार्ता कमिटीले छलफल गरी समस्या समाधान गर्ने विश्वास रहेको बताए । सार्वजनिक यातायात बन्द गर्दा नागरिकमा पर्न गएको असुविधाप्रति गण्डकी प्रदेश सरकार जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

    वार्ता निष्कर्षम नपुगेसम्म आन्दोलन जारी रहने उनको भनाइ छ । वार्ताका लागि व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन भएको उनले बताए । 

    यातायात व्यवसायी गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    सातवटै प्रदेशले दुईपाङ्ग्रे र चारपाङ्ग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिने प्रावधान ल्याउन लागेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend