२०८३, आश्विन २१ गते

images

बैंकिङ्ग प्रणालीबाट थप ७० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

बैंकिङ्ग प्रणालीबाट थप ७० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

सोमवार, जेठ १९ २०८२०१:१८
सोमवार, जेठ १९ २०८२०१:१८
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार थप ७० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बुधबार (जेठ १४) गते मात्र ८०अर्ब निक्षेप सङ्कलन गरेको केन्द्रीय बैंकले आज थप ७० अर्ब रुपैयाँ तान्ने भएको हो ।

    बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले २० दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।


    इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी असार ८ गते हुनेछ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend