२०८३, आश्विन २१ गते

images
  • समाचार
  • १०२ जना राइडर ट्राफिकको कारवाहीमा, कति...

१०२ जना राइडर ट्राफिकको कारवाहीमा, कति तिरे जरिवाना ?

१०२ जना राइडर ट्राफिकको कारवाहीमा, कति तिरे जरिवाना ?

सोमवार, जेठ १९ २०८२०४:१४
सोमवार, जेठ १९ २०८२०४:१४
  • images

    काठमाडौँ । सार्वजनिक यातायात ठप्प भएका बेला बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने १०२ जना ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सोमबार दिउँसो २ बजेसम्म बढी भाडा लिने ६ जना र अफलाइन बार्गेनिङ गर्नेसहित ९६ जना गरी कुल १०२ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार, जनगुनासोका आधारमा खटिएको ट्राफिक प्रहरीको टोलीले कारबाही गरेको हो ।

    ट्राफिक प्रहरीका अनुसार, उनीहरूलाई ५०० देखि पाँचहजार रुपैयाँसम्म जरिवाना गरिएको छ ।

    गण्डकी सरकारले राइड सेयरिङलाई मान्यता दिनेगरी कानुन ल्याएपछि यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आज देशभर यातायात सेवा ठप्प पारेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend