२०८३, आश्विन २१ गते

images

नेपाल एसबिआई बैंकले दियो श्री राम जानकी आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड र खेलकुद सामग्री

नेपाल एसबिआई बैंकले दियो श्री राम जानकी आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड र खेलकुद सामग्री

सोमवार, जेठ १९ २०८२०६:३६
सोमवार, जेठ १९ २०८२०६:३६
  • images

    काठमाडौँ । नेपाल एसबिआई बैंकले रुपन्देहीको लुम्बिनीमा रहेको राम जानकी आधारभूत विद्यालयलाई स्मार्ट बोर्ड तथा खेलकुद सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको हो ।

    बैंकका लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले श्री राम जानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलार्र्ई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

    नेपाल एसबिआई बैंक बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend