काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्नुअघि विपक्षी दलहरुको बैठक बस्ने भएको छ । उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न विपक्षी दलहरूको बैठक बस्न लागेको हो ।
नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लगायत विपक्षी दलको बैठक बस्न लागेको हो । बैठकले कसरी सदनमा प्रभावकारी रूपमा प्रस्तुत हुने भन्ने रणनीति बनाउनेछ ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसद् बैठक बस्नुभन्दा अगाडि विपक्षीहरूको बैठक बस्ने जानकारी दिए । संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने विपक्षी दलको माग छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि उनलाई राजीनामाको दबाब छ ।

