२०८३, आश्विन २१ गते

images
  • अटो
  • कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा प्यांक...

कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा प्यांक बाइकले तयार गर्‍यो १ सय विशेष साइकल

कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको सम्मानमा प्यांक बाइकले तयार गर्‍यो १ सय विशेष साइकल

बुधवार, जेठ २१ २०८२०१:५९
बुधवार, जेठ २१ २०८२०१:५९
  • images

    काठमाडौं । नेपालकै सबैभन्दा पूरानो साइकल पसल प्यांक बाइकले आफ्नो शताब्दी उत्सव मनाउने क्रममा म्याराथन धावक वैकुण्ठ मानन्धरलाई सद्धभाव दूत बनाएर विशेष सम्मान गरेको छ । 

    प्यांक बाइकका संचालक तिरेक मानन्धरले शताब्दी उत्सवमा प्यांक बाइकले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा १ सय वटा साइकल बनाएको बताए । जसमा बैकुण्ठ मानन्धर २.१५ः०३ लिमिट एडिसन लेखेको साइकल बनाइएको छ । 

    साइकलको बिक्रिको सबै लाभांश ओलम्पियन मानन्धरलाई प्रदान गरिने संचालक मानन्धरले जानकारी दिए ।  तेस्रो तत्कालिन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) मा मानन्धर २ घन्टा १५ मिनेटमा ३ सेकेन्डको कीर्तिमानसहित म्याराथनमा स्वर्ण पदक जितेका थिए।

    सन् १९८७ को साफमा राखेको त्यो कीर्तिमान अहिले सम्म पनि तोडिएको छैन । मानन्धरले त्यति बेला लगातार तेस्रो पटक म्याराथनमा स्वर्ण जित्ने अर्को कीर्तिमान बनाएका थिए । साफमा लगातार ३ स्वर्ण जित्ने उनी पहिलो म्याराथन धावक हुन् ।
    कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले साइकल सार्वजनिक गरिन् । मानन्धरलाई सोहीमध्येको एउटा साइकल प्रदान गरिएको छ । 

    सम्मानपछि मानन्धरले भने, ‘यो साइकलबाट आएको रकम मैले आफ्नै संस्थामा खर्च गर्नेछु र दोस्रो बैकुण्ठ मानन्धर तयार पार्न प्रयत्न गर्नेछु ।’

    १९२५ मा अष्ट नारायण मानन्धरले असन कमलाक्षीमा पञ्च नारायण अष्ट नारायण साइकल पसलको सुरुवात गरेका थिए । मानन्धरको चौथो पुस्ताले साइकल व्यापारलाई अगाडि बढाइरहेको छ।

    कार्यक्रमका संयोजक तथा समाजसेवी राजाराम तण्डुकारले स्वागत मन्तव्य राख्दै प्यांक बाइकले विगतदेखि समाज सेवामा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । 

    पञ्च अष्ट नारायण साइकल्सको नामबाट सुरु भएको यो व्यवसाय अहिले प्यांक बाइकको नामले परिचित छ ।  प्यांक बाइकले साइकलको बिक्री, भाडा, सर्भिसिङ लगायतका सेवा प्रदान गर्दै आएको छ । 

    प्यांक बाइकले नेपालको भौगोलिक स्वरुपलाई लक्षित गर्दै सात तहका साइकलबाट सेवा दिँदै आएको छ । बाइकले साइकलको पहुँच, सुरक्षा र साइकल शिक्षालाई प्रवद्र्धन गर्दै आएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend