२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सभामुखको कार्यकक्षबाट निस्किए विपक्षी दलका नेता,...

सभामुखको कार्यकक्षबाट निस्किए विपक्षी दलका नेता, के हुन्छ संसद बैठक ?

सभामुखको कार्यकक्षबाट निस्किए विपक्षी दलका नेता, के हुन्छ संसद बैठक ?

बुधवार, जेठ २१ २०८२०२:०१
बुधवार, जेठ २१ २०८२०२:०१
  • images

    काठमाडौँ । सदन खुलाउने विषयमा कुरा नमिलेपछि प्रतिपक्षी दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षबाट निस्किएका छन्।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिएको दाबीसहित विपक्षी दलले उनको राजीनामा माग गरेका छन्।

    विपक्षी दलले लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति नभई सदन सञ्चालनको वातावरण नहुने बताएका छन्। 

    विपक्षीले लगातार सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुखसचेतकहरू सँग छलफल गरेका थिए। छलफलमा सहमति नजुटेपछि विपक्षी दलका प्रमुख सचेतकहरू बाहिरिएका छन्।  

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू यसअघिकै अडानमा कायम रहेको बताएका छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend