२०८३, आश्विन २१ गते

images

राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित

बुधवार, जेठ २१ २०८२०५:३२
बुधवार, जेठ २१ २०८२०५:३२
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् । पेमेन्ट तथा सेटलमेन्ट विभागका कार्यकारी निर्देशक पौडेलले बुधबार देखि जिम्मेबारी सम्हालेका हुन्। केन्द्रीय बैंकको प्रवक्तामा यसभन्दा अघि सुपरीवेक्षण विभागका कार्याधिकारी निर्देशक रामु पौडेल थिए।

    नवनियुक्त गभर्नर प्रा.डा.विश्वनाथ पौडेलले कार्यकारी निर्देशक पौडेललाई मुद्रा व्यवस्थापन विभागमा सुरुवा गरेपछि प्रवक्ताको जिम्मेवार पण्डितलाई दिएका हुन्। पण्डित वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।

    उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend