२०८३, आश्विन २१ गते

images

नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ एसिया–प्रशान्त क्षेत्रमै पहिलो पुरस्कार प्रदान

नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ एसिया–प्रशान्त क्षेत्रमै पहिलो पुरस्कार प्रदान

सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२१०:५१
सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२१०:५१
  • images

    काठमाडौँ । नबिल बैंकले एशिया–प्रशान्त क्षेत्र अन्तर्गतको ‘टेक्नोलोजी अवार्ड २०२५’ जित्दै नेपालको डिजिटल बैंकिङ क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित मानिने यो अवार्ड ‘द बंकर’ पत्रिकाद्वारा प्रदान गरिएको हो, जसमा यस वर्ष १७ विधा र २०० भन्दा बढी आवेदनहरू परेका थिए।

    नबिल बैंकले गत पाँच वर्षको रणनीतिक योजना अन्तर्गत कर्पोरेट केन्द्रित सेवा प्रणालीबाट खुद्रा बैंकिङमा रुपान्तरण गर्दै डिजिटल सेवा प्रणालीलाई केन्द्रविन्दु बनाएको छ। बैंकले सन् २०२२ मा एनबैंक एप तथा २०२३ मा एनबैंक वेब सेवा सुरु गर्दै कागजमा आधारित पुराना प्रक्रिया हटाउँदै डिजिटल माध्यमबाट ग्राहक अनुभव सुधार गर्ने रणनीति अपनाएको छ।

    बैंकले पछिल्लो वर्ष भिडियो केवाइसी प्रणालीलाई अपग्रेड गर्दै ग्राहकले कागजात अपलोड गरेपछि मात्र एजेण्टसँग भिडियो कलमा जोडिने ‘अनअसिस्टेड फ्लो’ सञ्चालनमा ल्याएको छ। यसले भिडियो कलको समय २५–३० मिनेटबाट १०–१५ मिनेटमा झारेको छ भने सेवा कुर्नुपर्ने समय समेत घटेको छ।

    २०२४ को अक्टोबरमा नबिल बैंकले पहिलो पटक नेपालमा ओपन बैंकिङ सुरुवात गर्दै एनरेमिट प्रणालीलाई ‘हम्रो पात्रो’ एपसँग एकीकृत गरेको छ। यसबाट १० मिलियनभन्दा बढी प्रयोगकर्ताले अन्तर्राष्ट्रिय मास्टरकार्ड वा भिसा कार्ड प्रयोग गरी कुनै पनि नेपाली बैंक खातामा रियल टाइममा रेमिट्यान्स पठाउन सक्ने सुविधा प्राप्त भएको छ।

    एनबैंक एपमार्फत नबिलले डिजिटल मार्केटप्लेस निर्माण गर्ने दृष्टिकोण अनुरूप व्यापारीहरूसँग सहकार्य गर्दै सिजी डिजिटल, टिप टर्बाे तथा जस्ता एपहरूसँग सिङ्गल साइन–अन चेकआउट मोड्युल जोडेको छ। यसले लद्यबलप को पिन वा बायोमेट्रिक्स प्रयोग गरी सजिलो भुक्तानी प्रणाली सुनिश्चित गरेको छ।

    नबिल बैंकका कार्यवाहक प्रमुख कार्यकारी मनोज कुमार ज्ञवालीका अनुसार, “प्रविधिलाई परिवर्तनको माध्यम बनाउँदै नबिलले एआइ, डेटा एनालिटिक्स र लद्यबलप एपमार्फत दक्षता, सुरक्षा र व्यक्तिगत सेवा अनुभव विस्तार गरिरहेको छ। डिजिटल बैंकिङको क्षेत्रलाई नेतृत्व गर्दै हामी नेपालकै सर्वोच्च डिजिटल बैंक बन्ने लक्ष्यमा अघि बढेका छौं।”

    यो अवार्डसँगै नबिल बैंकले नेपालमा ओपन बैंकिङ र एम्बेडेड फाइनान्सको व्यावहारिक प्रयोग सफलतापूर्वक गरेको देखाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend