२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद...

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बन

बिहिवार, जेठ २२ २०८२०१:४३
बिहिवार, जेठ २२ २०८२०१:४३
  • images

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा पेश गरेको हो ।

    नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको अख्तियारले जनाएको छ ।

    पूर्वप्रधानमन्त्री नेपालसहित अख्तियारले ९३ जनाविरूद्ध मुद्दा दायर गरेको हो ।  काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । सोक्रममा केही समय अगाडि अख्तियारले पूर्वप्रधानमन्त्री नेपालको बयान समेत लिएको थियो ।

    २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो ।

    नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।  नेपालको सांसद पद निलम्बनमा परेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend