२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • टेक एण्ड पे का विरुद्ध उर्जा...

टेक एण्ड पे का विरुद्ध उर्जा उत्पादकः मन्त्रीको राजीनामादेखि दिए विद्युत् उत्पादन बन्दको धम्की

टेक एण्ड पे का विरुद्ध उर्जा उत्पादकः मन्त्रीको राजीनामादेखि दिए विद्युत् उत्पादन बन्दको धम्की

बिहिवार, जेठ २२ २०८२०५:१६
बिहिवार, जेठ २२ २०८२०५:१६
  • images

    काठमाडौँ । बजेटमा टेक एण्ड पे को व्यवस्था राखेको भन्दै उर्जा उत्पादकहरुले विरोध जनाएका छन् । बिहीबार राजधानीमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पत्रकार सम्मेलन गर्दै उक्त नितिले उर्जा उत्पादकलाई समस्या परेको बताएको हो । 

    उक्त पत्रकार सम्मेलनमा उपस्थित उर्जा उत्पादकले इप्पानले राखेको माग सम्बोधन नभए निजी क्षेत्रले उत्पादन गरिरहेको विद्युत् उत्पादन बन्द गर्नेसम्मका चेतवानी दिएका हुन् । 

    कार्यक्रममा बोल्दै इप्पानका अध्यक्ष गणेश कार्कीले राज्यले ऊर्जा उत्पादकको कुरा नसुने विद्युत् उत्पादन नै बन्द गर्ने बताए । ‘हामीले राख्ने ठाउँसबैमा आफ्नो मागहरु राखिसकेका छाैँ । अर्थमन्त्री, उर्जामन्त्री, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखले बजेटमा सो कुरा कसरी आयो भन्नेमा अन्योल व्यक्ति गर्नुभएको छ । आधिकारीक निकायबाट सो प्रस्ताव नगएपनि पावरको आधारमा मौखिक प्रस्ताव गएको भन्ने पाइयो’, उनले भने ।

    उनले नेपालका विभिन्न क्षेत्रमा लगानी गर्ने तयारीमा रहेका विदेश लगानी कर्ताहरुले नेपालमा के भएको हो भनेर सोध्न थालेको बताए । 

    ऊर्जा उत्पादक आत्माराम घिमिरे निजी क्षेत्रको समस्या समाधान गर्नका लागि उत्पादकहरुले विद्युत् उत्पादन नै रोक्नु पर्ने बताए । उनले भने, ‘राज्यले हाम्रो कुरा सजिलै सुन्दैन भने हामी विद्युत् उत्पादन बन्द गर्न तर्फ लाग्नु पर्छ । पहिलो लगानी गर भन्ने अहिले उत्पादन भएपछि विद्युत् किन्दिन भन्न मिल्छ । त्यसैले निजी क्षेत्रले उत्पादन नै बन्द गरौँ ।’

    अर्का ऊर्जा उत्पादक विनोद देवकोटाले उर्जा मन्त्रीले आफूलाई उक्त प्रस्ताव कसरी गयो भनेर भन्न नमिल्ने बताए । ‘बजेटमा टेक एण्ड पे को व्यवस्था कसरी आयो । यसको जिम्मा स्वय मन्त्रीज्यूले लिनुपर्छ । निजी क्षेत्रका उर्जा उत्पादनको आन्दोलको नेतृत्व उहाँले लिनुपर्छ, नभए पदबाट राजीनामा दिनुपर्याे’, उनले भने ।

    इप्पानका उपमहासचिव प्रकाश दुलाल नयाँ बजेटमा टेक एण्ड पे योजनाबद्ध रुपमा आएको बताए । उनले भने, ‘हाम्रा केही साथीहरुलाई बजेटमा समावेस हुनुभन्दा पहिले सोधेको थियो । ती साथिले कस्तो सुझाव दिएको हो ? अब राज्यले ऊर्जा क्षेत्र सिद्ध्याउन लागेको छ । हामीले अहिले प्रेसर दिनु प¥यो । विद्युत् विधेयक पास हुनसाथ ऊर्जा क्षेत्र आफै सकिन्छ । त्यसका लागि हामीले अहिलेले सोच्ने बेला आएको छ ।’

    नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणले अहिले निजी क्षेत्रसँग करिब १ हजार मेगावाट विद्युत् किनी रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend