२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • तुलसी सहकारीका अध्यक्षसहित तीन जनालाई जरिवाना...

तुलसी सहकारीका अध्यक्षसहित तीन जनालाई जरिवाना र कैद सजाय

तुलसी सहकारीका अध्यक्षसहित तीन जनालाई जरिवाना र कैद सजाय

बिहिवार, जेठ २२ २०८२१०:२८
बिहिवार, जेठ २२ २०८२१०:२८
  • images

    काठमाडौं । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौँ रुपैयाँ अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ ।

    जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना तोकेको छ । साथै, पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ बुझाउन पनि अदालतले आदेश दिएको जिल्ला अदालतले जनाएको छ । 

    त्यसैगरी, सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकिएको छ । उनलाई राहत कोषमा १ लाख ८ हजार रुपैयाँ जम्मा गर्न आदेश दिइएको छ । सहकारीकी सचिव सविना न्यौपानेलाई भने २ वर्ष कैद र पीडित राहत कोषमा ६ सय रुपैयाँ बुझाउन आदेश दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend