२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भिजिट भिसा प्रकरणः अख्तियारले अनुसन्धान गरेसँगै...

भिजिट भिसा प्रकरणः अख्तियारले अनुसन्धान गरेसँगै घट्न थाले विदेशीने नेपाली

भिजिट भिसा प्रकरणः अख्तियारले अनुसन्धान गरेसँगै घट्न थाले विदेशीने नेपाली

शुक्रवार, जेठ २३ २०८२११:०९
शुक्रवार, जेठ २३ २०८२११:०९
  • images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेशीने नेपालीहरुको संख्या घट्न थालेको छ । गृहमन्त्री रमेश लेखक समेत भिजिट भिसामा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि विदेशीनेको संख्यामा कमी आएको हो ।

    अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीमाथि अनुसन्धान थालेलगत्तै भिजिट भिसामा विदेश जानेको संख्या घटेको हो । 

    विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईसँग अख्तियारले बयान लिएको १५ दिनअघि र उनको बयानपछिको १५ दिनको अबधिमा भिजिट भिसामा बाहिरिनेको संख्यामा ३१ प्रतिशतले कमी आएको अध्यागमनले जनाएको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार २०८२ वैशाख २३ देखि जेठ ६ गतेसम्मको १५ दिनको अवधिमा कुल ११ हजार ८६१ जना नेपाली भिजिट भिसामा विदेश गएको देखिन्छ । 

    यस्तै, २०८२ जेठ ७ गतेदेखि २१ गतेसम्मको १५ दिनको अवधिमा कुल ८ हजार ११४ जना नेपाली भिजिट भिसामा विदेश गएका छन् ।  भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको दिनभन्दा अघिको १५ दिनको तुलनामा त्यसपछिको १५ दिनमा भिजिट भिसामा विदेश जानेको संख्या तीन हजार ७४७ ले कमी आएको हो । अर्थात् अख्तियारले देखिने गरी अनुसन्धान सुरु गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या ३१.६० प्रतिशतले घटेको छ । 

    अख्तियारले अनुसन्धान गरिरहेको सूचना चुहिएपछि गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई २०८२ जेठ ६ गते गृह मन्त्रालयमा तानिएका थिए ।

    मानव तस्करको सेटिङ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीको मिलेमतोमा ठूलो संख्यामा नेपाली दैनिक भिजिट भिसामा विदेश जाने गरेको सूचना प्राप्त गरेपछि अख्तियारले गोप्य रुपमा यसको अनुसन्धान गरिरहेको थियो । तर, उक्त सूचना बाहिरिएसँगै गृहमन्त्रीले उनलाई मन्त्रालय तानेका थिए ।

    मन्त्रीले ६ गते अध्यागमनबाट गृह मन्त्रालयमा तानेको भोलिपल्ट अर्थात् जेठ ७ गते अख्तियारको टोलीले भट्राईलाई नियन्त्रणमा लिएको थियो । कार्यालयमा छापा मारेको अख्तियारले केही कर्मचारीलाई समेत नियन्त्रणमा लिएको थियो । 

    बयान लिएर प्रमुख भटराईसहित अन्य कर्मचारीलाई छोडिएपनि उनीहरुले चलाउँदै आएको मोबाइल भने अख्तियारले परीक्षण गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend