२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • लगातार चौथो दिन सेयर बजारमा गिरावट,...

लगातार चौथो दिन सेयर बजारमा गिरावट, हाइड्रोपावरमा उत्साह

लगातार चौथो दिन सेयर बजारमा गिरावट, हाइड्रोपावरमा उत्साह

आइतवार, जेठ २५ २०८२०३:५०
आइतवार, जेठ २५ २०८२०३:५०
  • images

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो । आजको गिरावटपछि नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ ।

    ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो । बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावरमा उत्साह देखिएको छ । आज यो सेक्टर १।२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे ।

    धेरै कारोबार भएका ५ कम्पनीमा पनि सबै हाइड्रोपावर परे । कुल कारोबारमा आधाभन्दा बढी रकमको कारोबार हाइड्रोपावर सेक्टरमा मात्रै भएको छ । यो सेक्टरको कारोबार रकम ५ अर्ब ३७ करोड छ ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend